कोरोना प्रभाव : धनगढी उपमहानगर दिन थाल्यो बार अनुसार सेवा




काठमाडौं, वैशाख १०
कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । उप–महानगरपालिकाले भिन्न वडाका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ ।
धनगढी उप–महानगरपालिकाले बार अनुसारको सेवा बैशाख १२ गतेदेखि लागु हुने सुरु गर्र्ने जनाएको छ । अति आवश्यक सेवाका लागि भने बार पर्खिनु नपर्ने नगरप्रमुख नृपबहादुर वडले बताए । ‘कोरोना जोखिमका कारण उप–महानगरपालिका कार्यालयमा हुने भिडभाड घटाउन बार अनुसारको सेवा लिने ब्यबस्था मिलाईएको हो,’ नगरप्रमुख वडले भने,‘ ‘वडाहरुमा सेवा नियमित दिइने छ ।’
धनगढी उपमहानगरपालिका वडा नं १४, १८, र १९ का सेवाग्राहीका लागि आइतबार तोकिएको छ । त्यसैगरी १२, १५, १६, १७ को सोमबार, १, २, ८ को मंगलबार, ७, ९, १० र १३ को बुधवार, ५, ६, ११ को बिहीबार र ३, ४ नम्बर वडाको शुक्रवार सेवा लिने पालो निर्धारण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाबाट बार अनुसार प्रवाह हुने सेवाका बारेमा नगरवासीलाई जानकारी दिन र सोही अनुसारको ब्यबस्था मिलाउन कर्मचारीहरुलाई निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News