लागुऔषध सहित नागढुंगाबाट २ जना पक्राउ



काठमाडौं, वैशाख १२ 
चन्द्रागिरी नागरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ घर भएका ४६ वर्षीय लाल बाबु नदाफ र २६ वर्षीय अलि हुसेन छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनीहरुको साथबाट ४ हजार ४ सय ९८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००५ख ९७२६ नम्बरको बसमा सवार उनीहरुले लुकाई छिपाई लागु औषध ल्याएका थिए । 

आरोपीहरु बिरुद्ध लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News