पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु



काठमाडौं, वैशाख १२
पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ।

गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन्।

हाल ६९ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्। 

कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News