आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?



काठमाडौं, वैशाख १२
नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ। गत २४ घण्टामा ३ हजार १ सय २२ जना संक्रमित थपिएसँगै ३ लाख १ सय १९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ५, उदयपुरमा ३, ओखलढुंगामा ७, खोटाङमा ३, झापामा २३, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११०, संखुवासभामा ५, सुनसरीमा ५ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ। 
प्रदेश २ को धनुषामा १९, पर्सा ७९, बारामा ३०, महोत्तरीमा १, रौतहटमा १९, सप्तरीमा ६, सर्लाहीमा ६ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २४, चितवनमा १०, दोलखामा ७, धादिङमा ६, नुवाकोटमा ६, भक्तपुरमा ९६, मकवानपुरमा ८, रामेछापमा ९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ८, नवलपरासी पूर्वमा १, पर्वतमा ३, मुस्ताङमा १८, म्याग्दीमा ८, बागलुङमा २७ र स्याङजामा १२ जनामा कोरोना पुष्टि भएको छ। 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा २२, गुल्मीमा ६, दाङमा ४९, नवलपरासीमा १४, पाल्पामा १५, प्युठानमा ४, बर्दियामा ३८, बाँकेमा ३५३, रुकुम पूर्वमा २, रुपन्देहीमा २०९ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, डोल्पामा २, दैलेखमा ११, रुकुम पश्चिममा ३, सल्यानमा १०, सुर्खेतमा ११८ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १४, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बाजुरामा १ र बैतडीमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News