दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद



काठमाडौं, वैशाख १३
युनाइटेड अरब ईमिरेट्सको दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन त्रिभुवन विमास्थलमा बरामद गरिएको छ ।

वायुसेवा निगमको जहाजमा चढेर काठमाडौं आएका प्रदिप प्रसाद न्यौपानेले ल्याएको टुलबक्स जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सुन फेला पारेका थिए ।

भन्सार कार्यालयले दोलखा घर भएका न्यौपानेलाई पक्राउ गरेको छ । फलामको स्क्रुडाइभरभित्र लुकाएको अवस्थामा करिब ६ सय ग्राम सुन भेटिएको छ ।

न्यौपानेले ल्याएको सुन रिसिभ गर्ने तयारीमा रहेका दुईजनालाई विमानस्थल प्रहरीले अपराध महाशाखासँगको समन्वयमा पक्राउ गरेको छ । रामेछाप घर भएका अनिश तामाङ र सन्जिव योन्जनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

अनिश र सन्जिवलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनीहरुलाई पनि त्रिभुवन विमनास्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News