भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्यो



एजेन्सी, वैशाख १५
भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ ।

मंगलबार एकै दिन तीन हजारभन्दा बढीको ज्यान गएको थियो । एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको स्थानिय अधिकारीले बताएका छन् ।

भारतमा केही समय यता दैनिक साढे तीन लाखको हाराहारीमा सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ ।

अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ । भारतमा अहिलेसम्म एक करोड ७९ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News