जसपाका १२० जना नेता तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णय (नामासहित)



काठमाडौँ, वैशाख १५
नेपाल सरकारले जनता समाजवादी पार्टी (जसपा।)का नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा जसपका नेता तथा कार्यकर्तामाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।

आज सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराउदै फिर्ता लिने निर्णय गरेको बताएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् । उनका अनुसार मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने छ।

मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा मुद्दा फिर्ता लिने निर्णय भएको भन्दै प्रवक्ता गुरुङले महान्यायाधिवक्ता कार्यालयको आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको बताए।

जसपाले नयाँ सरकार गठनका लागि  मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो ।

Name-list-of-120-1.jpg
Name-list-of-120-2.jpg
Name-list-of-120-3.jpg

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News