काठमाडौंसहित १३ जिल्लामा आजदेखि निषेधाज्ञा, उल्लंघन गरे कारबाही




काठमाडौं, वैशाख १६
सरकारले आजदेखि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गृह मन्त्रालयले नौ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ भने तीन जिल्लामा आंशिक रूपमा गरिएको छ ।

पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका बाँके, पर्सा, कास्की, दाङ, सुर्खेत र कैलाली छन् ।

‘हालसम्म नौ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, ‘संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिइएको छ ।’

बिहीबारदेखि उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा निर्माणसम्बन्धी काम भने नरोकिने भएको छ । हजारौँ मजदुर समस्यामा पर्न सक्ने भएकाले काम नरोक्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता दाहालले बताए ।

त्यसमा स्वास्थ्य मापदण्ड लागू गरेर काम सञ्चालन गर्न दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News