छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ 



कपिलवस्तु, वैशाख १६
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । 

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

१६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन्। 

छोरीको उजुरीका आधारमा बुवालाई पक्राउ गरिएको गोरुसिङ्गेका इन्सपेक्टर लिलाराज आचार्यले बताए ।

गत फागुन र चैतमा छोरीलाई ति पुरुषले घरमै बलात्कार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News