देशभर थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु




काठमाडौं, वैशाख १७
पछिल्लो २४ घण्टायता देशभर पाँच हजार ७२७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनामा गरिएको पीसीआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।

शुक्रबार देशभर ९२८ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।

२४ घण्टामा देशभर ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News