बलात्कार मुद्दाका दोषी १० वर्षपछि पक्राउ



काठमाडौं, वैशाख २०
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका लेकबहादुर अधिकारी उर्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले बताए । खनारमा रहेको प्लाईउड कारखानामा काम गरिरहेको सुराकको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

संखुवासभाको साविक खराङ गाबिस–२ का ४३ वर्षीय गणेशले १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सो मुद्दामा ०७२ माघ १८ मा अदालतले उनलाई १२ वर्ष कैद हुने फैसला गरेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । जिल्ला अदालत संखुवासभाको आदेशले उनलाई कारागार चलान गरिएको इन्सपेक्टर खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News