जेठ अन्तिममा उपचुनाव गर्ने एमालेको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार



काठमाडौं, वैशाख २०
बैशाख ६ देखि १२ गतेसम्म बालुवाटारमा बसेको सत्तारुढ नेकपा एमालेको बैठकले आगामी जेठ अन्तिममा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, निर्वाचन आयोगले भने जेठभित्र उपनिर्वाचन गर्न नसकिने स्पष्ट पारेको छ ।

राष्ट्रियसभाको रिक्त स्थानको चुनाव भने तोकिएकै समयभित्र हुने आयोगले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमालेको बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेलले जेठ अन्तिममा उपचुनाव गर्ने समयतालिका प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News