चट्याङ लागेर गस्तीमै रहेका असईको मृत्यु




काठमाडौं, वैशाख २१
झापामा चट्याङले लागेर गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक९असई०को मृत्यु भएको छ। 

जिल्लाको भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधका इन्चार्जसमेत रहेका ४७ वर्षीय महादेव ठाकुरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।

चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषित गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News