मोरङमा चार घण्टामा पाँच संक्रमितको मृत्यु




विराटनगर, वैशाख २१
मोरङमा घण्टाभित्र पाँच संक्रमितको मृत्यु भएको छ ।

चार जनाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पताल र एक जनाको होम आइसोलेसनमा मोरङको बेलबारीमा मंगलबार बिहान मृत्यु भएको हो।

मृतकमध्ये एक जना प्रदेश २ र चार जना प्रदेश १ का बासिन्दा हुन्। जसमध्य दुई महिला छन् ।मोरङको बेलबारी नगरपालिका–२ घर भएका ६६ वर्षीय पुरुषको बिहान ४ बजेतिर मृत्यु भएको छ।

नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो। मृतक पुरुष भूतपूर्व प्रहरी सहायक निरीक्षक ९असइ ० हुन्। 

त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको थियो।  

त्यस्तै इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु  भएको छ। परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो।

सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ। कोरोना संक्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५स्४५ बजेतिर मृत्यु भएको छ। उनको नोबेलमै उपचार भइरहेको थियो।

कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भना गरिएको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News