संक्रमण रोक्न दिल्लीमा भारतीय सेनासँग गुहार



एजेन्सी, वैशाख २१ 
भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितको उपचारका लागि त्यहाँको सरकारले सेनालाई गुहार मागेको छ । नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय सेनाको सहयोग मागेको हो ।

दिल्लीमा आइसियु कक्ष सञ्चालन गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनालाई अपील गरेको छ । बिरामीको चाप बढेसँगै बेडको अभावमा खुला स्थानमा बिरामीको उपचार गर्न थालिएको छ ।

अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेको छ । नयाँ दिल्लीमा दैनिक १० हजारको दरले संक्रमित थपिने क्रम जारी छ । एक हजार जना आइसियु र अक्सिजन अभावकै कारण छटपाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दैनिक ४ सयभन्दा बढीको मृत्यु हुन थालेको छ । अक्सिजनको अभावका कारण मर्नेको संख्या अत्यधिक छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News