पतिको हत्या आरोपमा पत्नीसहित ४ जना पक्राउ




जनकपुर, वैशाख २१
धनुषामा पतिको हत्या गरेको आरोपमा मृतककी पत्नीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो ।

हत्यापछि फरार भएकी उनकी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाई अनिल मण्डल र उनीहरुका दुई जना सहयोगीलाई उदयपुरबाट पक्राउ गरिएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

प्रहरीकाअनुसार सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेका थिए ।

गत शुक्रबार मध्यरातमा देवर भाउजु मिलेर शम्भु मण्डललाई घाँटीसहित शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News