गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको रिपोर्ट पोजिटिभ




पोखरा, वैशाख २२
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको र्‍यापिड एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर टेस्टसमेत गराएका छन् । रिपोर्ट आउन भने बाँकी छ ।

सामान्य टाउको दुखाइपछि उनले उन्टिजेन टेस्ट गराएका थिए । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् ।

न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । दिनको १५ घन्टा मुख्यमन्त्री गुरुङ र न्यौपानेसँगै रहन्थे । मुख्यमन्त्री गुरुङले १४ गते गराएको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि थिए । उनले कोरोना बढिरहेको भन्दै जेठको पहिलो सातामात्र कार्यव्यवस्थाको बैठक राखेर संसद डाकिनुपर्ने बताएका थिए ।

गण्डकी प्रदेशको संसद १५ वैशाखबाट बस्‍न सकेको छैन । विशेष अधिवेशनको तेस्रो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्तावमा मतदान नहुँदै बैठक स्थगित गरेपछि सदन स्थगित छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News