दाङमा जिप दुर्घटना,चालकको मृत्यु, २ जना घाइते



दाङ, वैशाख २२
दाङ घोराही-मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, २ जना घाइते भएका छन् ।

बा १३ च ८०४८ नम्बरको स्कारपियो जिप गएराति घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुको साथै २ जना घाइते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाए अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय विष्णु गिरी रहेको छ भने, घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिकाका बसन्त भण्डारी र राजकुमार थापा रहेका छन् ।

राति दुर्घटना भएकाले कसैले थाहा नपाएको र बुधबार बिहान देखेपछि मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News