अक्सिजनको कालोबजारीबारे स्ट्याटस लेखेको भन्दै धनगढीबाट दुई जना पक्राउ


 



धनगढी, वैशाख २२
अक्सिजन कालोबजारीबारे स्ट्याटस लेखेको भन्दै कैलाली प्रहरीले धनगढीका दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारीबारे भ्रामक स्ट्याटस लेखेको भन्दै धनगढीका तेज खड्का र मदन भट्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीले सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।

औषधि आपूर्तिकर्ता बस्नेतले अक्सिजनको कालोबजारी गरेको विषयमा उनीहरुले स्टाटस लेखेका थिए ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्