होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ



काठमाडौं, वैशाख २२
काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

शम्भु गोरखाको एक स्कुलका शिक्षक हुन् । त्यसै स्कुलमा पढ्ने १४ वर्षीय किशोरीलाई होटलमा लगेर ललाई फकाई दुई दिनसम्म बलात्कार गरेको पीडितको आरोप छ ।

मंगलबार बिहान पक्राउ परेका शम्भुमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News