‘काेराेना भाइरस हावाबाट फैलने जोखिम हुन्छ’



काठमाडौं, वैशाख २३
कोभिड-१९ महामारी शुरु भएको एक वर्षभन्दा पछि विश्व स्वास्थ्य संगठनले उक्त भाइरस हावाबाट सर्ने स्वीकार गरेको छ।

अनुसन्धानकर्ताहरुले २०२० को अप्रिलमा नै ‘विश्वले यो चुनौती सामना गर्नुपर्ने’ चेतावनी दिएका थिए। तर, २०२० जुनमा केही अनुसन्धानकर्ताहरुले कोभिड-१९ सर्नका लागि माध्यम चाहिने दावी गरेका थिए।

जुलाईमा विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनमा हावाको स–साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको थियो।

सोही महिना विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बारे एक वैज्ञानिक रिपोर्ट सार्वजनिक गरेको थियो जसमा जनाइएको थियो, ‘भीडभाड र हावा पास नहुने र बन्द कोठामा संक्रमितसँग लामो समय बस्दा कोभिड-१९ एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाका माध्यमबाट सर्ने कुरालाई नकार्न सकिँदैन।’ तर, यसबारे थप अध्ययन आवश्यक रहेको डब्ल्यूएचओले जनाएको थियो।

ब्यक्तिबीच दूरी कायम राख्दा हावाबाट संक्रमण सर्न सक्दैन भन्दै आएको डब्ल्यूएचओले त्यसको १० महिनापछि ३० अप्रिल २०२१ मा हावाबाट सर्ने प्रकृयाबारेको शोधमा परिवर्तन आएको जनाउँदै भनेको छ,‘वर्तमान प्रमाणहरुले बताउँछन् कि भाइरस मुख्य रुपमा त्यस्ता व्यक्तिहरुमा फैलिन्छ जो एक अर्काबीच निकट सम्पर्कमा हुनेछन् । सामान्य रुपमा एक मिटर भित्र। यस्तोमा हावाको कणमा रहेको भाइरस व्यक्तिमा आँखा, नाक, मुखको माध्यमबाट सर्न सक्छ। तर भाइरस कमजोर हावाको प्रवाह भएको र धेरै मानिसहरु भएको घर या कोठा भित्र लामो समय विताउँदा हावाबाट फैलने जोखिम हुन्छ। यस्तो अवस्थामा भाइरसले १ मिटर भन्दा टाढाको यात्रा तय गर्न सक्छ।’

फोर्ब्समा प्रकाशित एक लेखमा महामारीका विषयमा विश्व स्वास्थ्य संगठनबाट निकै ढिलागरि तथ्यहरु सार्वजनिक भइरहेको भन्दै आलोचना गरिएको छ।

जेभी चामरेले लेखेको लेखमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्यका बारेमा निकै ढिला गरि तथ्यहरु प्रस्तुत गर्नु गलत भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News