सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक




धनगढी, वैशाख २३
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । मुख्यमन्त्री भट्टकी आमा शारदा भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

डोटीको केआईसिंह गाउँपालिकामा रहेको घरमै उहाँको बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

मुख्यमन्त्री भट्ट पनि केही दिनदेखि भाइरल ज्वरोका कारण अस्वस्थ छन् । उनको स्वास्थ्यमा भने क्रमश सुधार भइरहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News