६ गुणा बढी भाडा लिने सवारी साधन कारवाहीमा



काभ्रेपलाञ्चोक, वैशाख २४
कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रति यात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायात साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिस गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News