ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन



काठमाडौं, वैशाख २४
ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन गरिएको छ । अस्पतालमा कोभिड–१९ बाट संक्रमित बिरामीको चाप बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर संकलन गरिएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको १ सय ५९ वटा सिलिन्डर जिल्लाका ४ वटा अस्पताललाई बितरण गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोभिडका विरामीको प्रयोजनका लागी ति सिलिन्डर वितरण गरेको हो ।​

डिसिसिएमसीको निर्णय अनुसार पाटन अस्पताललाई ५० थान, किष्ट मेडिकल कलेजलाई ५० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पतालाई १५ थान अक्सिजन सिलिन्डर वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News