पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित, ५० जनाको मृत्यु




काठमाडौं, वैशाख २४
नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै धेरै हो।

शुक्रबार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको मन्त्रालउले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News