परीक्षण गरिएकामध्ये झण्डै आधामा देखिदै कोरोना, आजै थपिए ८ हजार ८५० संक्रमित




काठमाडौं, वैशाख २६
नेपालमा कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको छ । परीक्षण गरिएका नमूनामध्ये झण्डै ५० प्रतिशतमा कोरोना देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा पनि परीक्षण गरिएका नमुनामध्ये झण्डै आधा नमूना पोजिटिभ आएका छन् । ९ हजार तीन सय ५६ नमूना परीक्षण गर्दा ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News