झलनाथ खनाल संक्रमणमुक्त, तर केही दिन अस्पतालमै रहनुपर्ने




काठमाडौं, वैशाख २७
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत खनाल आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।

पिसिआर परीक्षण गर्दा खनालमा सङ्क्रमण नदेखिएपछि उनी संक्रमणमुक्त भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।

सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News