अबको केही दिन प्रि-मनसुन कमजोर हुने




काठमाडौं, वैशाख ३१
प्रि–मनसुन कमजोर भएसंगै मौसम सफा भएको छ । मौसमविद्ले अबको केही दिन प्रि-मनसुन कमजोर हुने देखिएकाले बताएका छन् ।

अहिले देशका धेरै ठाउँको मौसम सामान्यतया सफा छ । केही ठाउँमा आंशिक बदली रहेको मौसमविद्ले जनाए छन् ।

प्रि–मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको मौसमविद् मीनकुमार अर्यालले बताए। यसले गर्दा अबका केही दिन मौसममा सुधार आउने सम्भावना छ ।

तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि भने मेघ गर्जनसहित केही ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताए । आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

यस्तै, भोलि पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइ दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News