माधव समुह तत्काल सरकारमा सहभागी नबन्ने


 


काठमाडौं, वैशाख ३१
एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।

बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् ।

आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्