नेपाल एयरलाइन्सको जहाज स्वास्थ्य सामग्री लिन बेइजिङ जाँदै


 



काठमाडौं, जेठ १
स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज साँझ फेरि बेइजिङ जाँदै छ ।
चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री लिन जहाज त्यसतर्फ जान लागेको हो ।

यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।

यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो ।

चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेप अक्सिजन सिलिण्डर तयार भएको जानकारी दिएकी छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्