कांग्रेसले सातवटै प्रदेशमा कोरोनाको अवस्थाबारे अन्तरक्रिया गर्दै



काठमाडौं, जेठ २
नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । कांग्रेसले आजदेखि नै जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागेको हो ।

पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आज बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग, अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेशसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । यस्तै सोमबार बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि वाग्मती प्रदेश तथा मंगलबार बिहान १० बजेदेखि प्रदेश नं २ र अपराह्न ४ बजेदेखि प्रदेश नं १ का जिल्लाका नेताहरुसँग कांग्रेसले अन्तर्क्रिया गर्ने छ ।

अन्तरक्रियामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News