देशभर थप ७३६८ संक्रमित थपिए, ६६४८ कोरोनामुक्त, १४५ को मृत्यु




काठमाडौं, जेठ २्
पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ४३९ जनाको पीसीआर र ३४४ जनाको एन्टीजेन परीक्षण गर्दा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ ।

त्यस्तै यो अवधिमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या पाँच हजार एक पुगेको छ ।

आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News