खैरो हेरोइनसहित झापाबाट ३ जना पक्राउ



झापा, जेठ ३
झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित झापा बजारबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बजार बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ घर भएका १९ वर्षीय प्रताप लिम्बु छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट ५ सय ३० मिलिग्राम अवैध लागुऔषध खैरो हेराइन बरामद गरिएको छ ।

हेरोइन जोख्ने २ थान डिजीटल तराजु पनि उनीहरुको साथमा फेला परेको छ । उनीहरुबारे लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News