कोरोना संक्रमणबाट वडा सदस्यको निधन




रौतहट, जेठ ४
कोरोना संक्रमणबाट रौतहटमा एक जनप्रतिनिधिको ज्यान गएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ७ का वडा सदस्य रामईश्वर राय यादवको उपचारको क्रममा ज्यान गएको हो ।

विगत १५ दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा रहेका ५५ वर्षीय यादवको सोमबार बेलुका मृत्यु भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले जानकारी दिए ।

स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News