औषधि कालोबजारी गर्ने एक जना पक्राउ



मोरङ, जेठ ७
औषधि कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।

पक्राउ परेका महतो मोरङको विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ र ३० गते औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका महतोले ग्राहकलाई बढी मूल्य लेखेको खाता देखाई औषधि बेचेका थिए । उनीमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध, सजाय ऐन अनुसार कारबाही बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News