प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ : ठाकुर



काठमाडौं, जेठ ७
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको बताएका छन्।

आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए । उनले भने, ‘हाम्रो लागि सबै दल फ्रेन्ड्ली नै हुन्, तर हामी प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ ।’

वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु कुर्सीका लागि नभएर मधेशको माग पुरा गराउन दौडधुपमा लागेको बताए । आफूहरुको मुद्दालाई जसले सम्बोधन गर्छ त्यसलाई समर्थन गर्ने पनि बताए ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षधर सांसदको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री संविधान संशोधनका लागि तयार भएको दावी गरे । मन्त्रीपरिषद्बाट संविधान संशोधनका अध्ययन गर्न सुझाव समूह गठन गर्ने निर्णय भएको बताउँदै उनले संविधान संशोधनको नाम सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि तयार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News