वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत, १५३ सांसदको समर्थन



काठमाडौं, जेठ ७
नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा पुनः दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले १५३ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दाबी गर्नु एक घण्टा अगाडि दाबी गर्नुभएको हो ।

नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको हो।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News