एमालेले थाल्यो नेपाल खनाल समूहलाई कारबाही गर्ने तयारी



काठमाडौं, जेठ ८
नेकपा (एमाले) ले खनाल नेपाल समूहलाई कारबाही गर्ने तयारी थालेको छ ।

खनाल नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

कारबाहीका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने भएको छ । आज बस्ने एमालेको स्थायी कमिटीले कारबाही गर्ने जनाइएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

खनाल नेपाल समूहका २६ सांसदसहितको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवाले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आफ्नो दाबी पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News