थप ८ हजार ९८० जनामा कोरोना संक्रमण, १२९ जनाको मृत्यु




काठमाडौं, जेठ ८
पहिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार १९ हजार ३७५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार ५९१ जना र ७४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, यो अवधिमा कोरोना संक्रमणबाट देशभर १२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News