माधव नेपाल सहित यी ११ जना नेतालाई एमालेले थाल्यो कारबाही (सूचीसहित)



काठमाडौं, जेठ ८
नेकपा (एमाले) ले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गर्ने ११ जनालाई स्पष्टिकरण सोधेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टी विरोधी गतिविधि गरेको अभियोगमा माधव नेपालसहितका नेतामाथि कारवाही प्रक्रिया थालेको हो । बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै तत्कालिन समानुपातिक सांसद थिए ।

१. माधव कुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६. कल्याणी खड्का
७. सरला यादव
८. पुष्पाकुमारी कर्ण
९. कलिला खातुन
१०. लक्ष्मी कुमारी चौधरी
११. निरादेवी जैरु

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News