काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिए



काठमाडौं, जेठ ९
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर भने ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजेन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको जनाएको छ । यस्तै देशभर ७ हजार ६६४ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News