कोरोना नियन्त्रणको दिशातर्फ, संक्रमित थपिने भन्दा निको हुने बढे




काठमाडौं, जेठ १०
विश्वभर कोरोना भाइरस संक्रमण विस्तारै कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा विश्वरभर पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ६४ हजार छ सय ४२ जना नयाँ संक्रमित थपिदा ५ लाख ९९ हजार ६९९ जना निको भएका छन् ।

विश्वमा दैनिक सात लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । दैनिक १२ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको थियो । तर केही दिनयता सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा रहेको छ ।

हालसम्म सङ्क्रमित सङ्ख्या १६ करोड ७५ लाख दुई हजार छ सय २१ पुगेको छ । जम्मा सङ्क्रमितको तुलनामा उपचाररतको अवस्था थोरै छ । गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ८५ लाख ४७ हजार आठ सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ५४ लाख ७७ हजार एक सय ३५ जनाको उपचार भइरहेकोमा ९६ हजार नौ सय ९२ जनाको अवस्था गम्भीर छ ।

विश्वमा पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७० सङ्क्रमितको मृत्यु भयो । यसअघि दैनिक १२ हजारभन्दा बढीको मृत्यु हुने गरेकोमा त्यो सङ्ख्या क्रमस घट्दै गइरहेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ३४ लाख ७७ हजार पाँच सय ९३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News