एकैदिन ७ हजार बढी व्यक्तिले जिते कोरोना, १८५ को मृत्यु




काठमाडौं, जेठ १०
पछिल्लो २४ घण्टामा देशभर सात हजार भन्दा धेरै व्यक्तिले कोरोना जितेका छन् ।

देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै यो अवधिमा देशभर कोरोना सङ्क्रमणका कारण एक सय ८५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News