बुद्ध जन्मस्थलबारे भ्रम नफैलाउन प्रधानमन्त्री ओलीको चेतावनी


 



काठमाडौं, जेठ १२
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धबारे भ्रम नफैलाउन चेतावनी दिएका छन् ।

२५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका हुन् ।

‘प्रधानमन्त्री ओलीले मानव जातिकै कारणले खल बलिएको शान्तिलाई मानव जातिकै सचेतना र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने छ ‘ उनले भने, ‘बुद्ध शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको हो ।’

उनले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको दाबी गरे ।

सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोरोनाका कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न कोरोना महामारीले केही अफ्ठेरो पारेपनि सरकारले आफ्नो लक्ष्य पूरा गरेरे छाड्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्