बादललाई पराजित गरेका देवकोटाले आज सपथ ग्रहण गर्दै



काठमाडौं, जेठ १४
बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् ।

गत जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचनबाट देवकोटा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै विजयी भेकका भएका थिए ।

माओवादी छोडेर थापा एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए ।

तर, कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News