कोरोना भाइरसको अर्को घातक भेरियन्ट भेटियो, हावाबाट पनि सजिलै सर्ने


 



विश्वभर फैलिएको कोरोना भाइरसको अर्को घातक भेरियन्ट फेला परेको छ । अत्याधिक धेरै संक्रमण फैलाउने नयाँ भेरियन्ट भियतनाममा पत्ता लागेको होा ।

यो भेरियन्ट ‘अति घातक’ भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ । नयाँ म्युटेशन निकै खतरनाक रहेको भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले बताएका छन् । उनले संक्रमण फैलिन नदिन थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्