ओलीले बोलाए एमाले स्थायी समिति बैठक



काठमाडौं, जेठ १६ 
नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । आइतबार साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । एमाले नेताहरुका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ ।

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् ।

स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News