बबईबाट अवैध उत्खनन गरिएको बालुवासहित टिपर र ट्याक्टर नियन्त्रणमा



बर्दिया, जेठ १९
बबई नदीबाट अवैध रुपमा उत्खनन गरिएको बालुवा सहित प्रहरीले ३ वटा टिप्पर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बारवर्दिया–२ स्थित लठुवाघाटबाट अवैध तरिकाले स्काभेटर प्रयोग गरेर लोड गरिसकेको अवस्थामा बालुवा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले बताए । प्रहरीले बालुवा उत्खननमा प्रयोग गरिएको स्काभेटर पनि नियन्त्रणमा लिएको छ।

अवैध उत्खनन गर्नेविरुद्ध आवश्यक कारवाहीका लागी सवारी साधन जिल्ला समन्वय समितिमा पठाइएको एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News