हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय



काठमाडौं, जेठ २२
वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । कोरोनाको जोखिमका बाबजुद पनि सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवाहरू बन्द गरेको थियो ।

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News