राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीनजना विरुद्व किटानी जाहेरी दर्ता



सुर्खेत, जेठ २४
मदिरा सेवन गराई राउटे युवतीमाथि होटलमा यौन दुर्व्यवहार गरेको आरोपमा तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा​ किटानी जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन किटानी जाहेरी परेको हो ।

१९ र २३ वर्षकी राउटे युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुन विरुद्ध जाहेरी परेको हो ।

प्रवक्ता घर्तीकाअनुसार उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News